General – Dinesh Thakali https://dineshthakali.com.np A Perspective View Mon, 30 May 2022 08:01:52 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.5.5 लकडाउन, वर्क फ्रम होम, युरोप र हाम्रो नेपाल https://dineshthakali.com.np/%e0%a4%b2%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b/ Sat, 11 Apr 2020 05:39:55 +0000 http://www.dineshthakali.com.np/?p=264

"तुफानलाई शान्त बनाउन सकिँदैन, आफू शान्त रहने र सो टर्ने पर्खाइ बाहेक अन्य समाधान रहँदैन "

सन् २००६ तीर फाइनान्सियल टाइम्सका स्तम्भकार लुसी केलेवेले वर्क फ्रमहोम बारेमा लेखेको कोलमको बाक्य हो यो ।

कोरोनाविरुद्ध लकडाउनमा घरमै सेल्फ आइसोलेशन बसेर कार्यस्थलसँग विधुतिय सम्पर्कमा रहनु पर्दा लुसीको उक्त भनाइको याद आयो । जुन अहिले खोज्दा भेटिँन ।

यस्तै म्यानेजमेन्ट ट्रेन्ड र जार्गोन बारेमा स्याटेरिकल कोलम लेख्ने उनको त्यो लेख बल्ल अनुभुत भइरहेको छ । सो समयमा भर्खर वर्क फ्रम होम ९टेलि कम्युटिङ्ग०, फ्लेक्जिवल वर्किङ्ग आवरजस्ता कन्सेप्ट शुरु भएकोमा सो कति प्रोडक्टिभ र कति फाइदाजनक वा बेफाइदाजनक भन्ने सटिक विश्लेषण थियो ।

घोडाको नालले किल्चिएर टुँडी नामको प्रेत मारिएकोले उत्सव मनाउन शुरु भएको घोडे जात्राकै दिन कारोनाको भाइरस फैलन नदिन नेपाल सरकारले लकडाउन गर्यो । लकडाउनपछि व्हाट्सएप, जुम, भाइवर अनि ल्यापटप नै हामी सबैको कार्यस्थल हुनथाल्यो ।

लकडाउनपछि माइक्रोसफ्ट टिम्स, स्ल्याकमा दसौं लाख थप युजर थप भए । जुम, व्हट्सएपमा ४० प्रतिशतसम्मको प्रयोग बढेको सन्दर्भमा वर्क फ्रम होम संसार जगतमा सान्दर्भिक र एकमात्र उपाय हुन गएको देखियो ।

लुसीले सो लेख लेख्दा आफैं केही समय घरबाट काम गरेर अनुभव लिएकी थिइन् । उनले लेखेकी थिइन, ‘छिनछिनमा कफी खान उठ्न मन लाग्ने, त्यसै लघुशंका लागेजस्तो हुने आदिले कन्सन्ट्रेसन रहेन ।’

लकडाउनपछि सामाजिक सञ्जालभरी पुरानो जमानाको फोटोको उत्खननको खेती मौलायो । र, त्यसमा मुनामदनलाई माथ दिने कमेन्टहरु अनि उक्त कमेन्टमा फर्काइने साहित्यिक जवाफ । सामाजिक सञ्जालमा भाइरल बनेका टोलहरु । यो देख्दा हामी नेपालीहरु निकै क्रिएटिभ भएको अनुभूति पनि मिल्यो ।

दैनिक मिष्ठान्न पकवानको तस्विर देख्दा कसैको कार्यस्थलप्रति त्यति कन्सन्ट्रेसन रहेजस्तो लागेन अहिले पनि । लकडाउन सकिँदासम्म ज्यानको तौल एकदुई किलो थप हुँदा सामान्य नै लिए भयो ।

लकडाउनमा बल्ल थाहा भयो । मान्छेहरुले सधैं फलाने व्याङ्कवेट कहाँ हो भनेर सोध्न आएको त घर मुन्तिरको बाटैमा रहेछ । पल्लो पट्टीको चोककोे नाम भानु चोक रहेछ । बुढानिलकण्ठ मन्दिरमाथि शिवपुरी, स्तुपादेखि नारायण गोपाल चोकसम्मको ३६० डिग्री भ्यू पनि घरकै छतबाट उपलव्ध रहेछ ।

एकजना बहिनी कहिले कम्पाउण्डमा जगिङ्ग, कहिले चिया पकाउने विधिबारेमा लाइभ दिइराखेकी थिइन् । डेढ घण्टाको नेटफ्लिक्सको मुभि छोटो भएर सबैजना सिरिजतिर लागेर सम्पूर्ण सिजन नै सकाएको देखियो ।

पढ्दाताका हामी केही साथीहरु रिडर्स क्लब नै बनाएर अहिले बच्चाहरुको डे होस्टल भनेजस्तै बिहानदेखि बेलुकासम्म बसी पढ्ने जमर्को गर्थ्यौं । खाजा र लन्च पोको पारेर क्लवमा छिर्ने हामी पालैपालो सबको टिफिन खाँदा पनि डिनरसमेत ब्रेक फास्टकै समयमा सकिने अवस्था आएपछि हामी तितरबितर हुन्थ्यौं । अहिले वर्क फ्रम होम पनि खाली खानाबाहेक अरु कसैलाई केही सम्झना भएजस्तो लागेन ।

लुसीले थप लेखेकी थिइन्, ‘एक हप्ताको बसाइमा पल्लो घरका कुकुरको रङ्ग कस्तो रहेछ रु कति मान्छे बस्दा रहेछन् रु सम्पूर्ण जानकारी भयो ।

लकडाउनमा बल्ल थाहा भयो । मान्छेहरुले सधैं फलाने व्याङ्कवेट कहाँ हो भनेर सोध्न आएको त घर मुन्तिरको बाटैमा रहेछ । पल्लो पट्टीको चोककोे नाम भानु चोक रहेछ । बुढानिलकण्ठ मन्दिरमाथि शिवपुरी, स्तुपादेखि नारायण गोपाल चोकसम्मको ३६० डिग्री भ्यू पनि घरकै छतबाट उपलव्ध रहेछ । घरमा कहाँ झार पलाएछ रु कहाँ पर्खाल चिरा पर्न आँटेछदेखि कति क्षेत्रफल दुबो सुक्न थालेछ रु भन्नेसम्मको इन्स्पेक्सन भयो ।

लुसीले अर्को प्यारामा लेखेकी थिइन्( ‘को वर्कर नजिक नभएको आभाष भएपछि छिनछिनमा इमेलबाट हेल्लो भन्न मन लाग्ने । र, अफिसमा बसेकाले पनि मेसेज पठाइरहने रहेछन् । लकडाउनले थाहा भयो, ह्वाट्सएप, भाइवर, जुममा विभिन्न विभाग, क्षेत्रगत र सम्पर्कमञ्च गरी दर्जन ग्रुप रहेकोमा सोमा छिनछिनमा बज भइने रहेछ ।’

अफिसमा निश्चित समयमा सम्पर्क भइनेमा, विधुतिय हुँदा बिहानदेखि रातिसम्म आआफ्नो सहजता र आवश्यकतामा बज गरिदिने हुँदा वर्क फ्रम होम होइन ‘वर्क अल डे लङ्ग’ भनेजस्तो अनुभूत रहने रहेछ । एक जनाले पठाएको म्यासेज सान्दर्भिक नभएता पनि सबै ग्रुपमा जाँदा छिनछिनमा अनावश्यक पोक भइने रहेछ बेफ्वाकमा ।

लुसीले फेरी सबै नेगेटिभमात्र भनिन् भन्ने भ्रम नरहोस् । उनले लेखेकी थिईन्, ‘डेढ घण्टाको पट्यार लाग्दो आवतजावतको समय कम भएको महशुस भयो ।’

पक्कै पनि कोटेश्वर, कलंकी, महाराजगञ्ज, थापाथलीको बस्नु पर्ने जामको पिडा हामीले यो ८ दिनमा विर्सन थालेका छौ । पास लिएर लिन आएका ड्राइभर भाईले भन्दै थिए, ‘दुबईमा मल्टी लेनमा चलाएको जस्तो भयो सर ।’ स्याटलाइट तस्विरमा प्रदुषणको मापनमा अस्ट्रेलियाको आगलागीले क्षतविक्षत ओजोन तह पुनरागमन भएको देखाएको छ । अर्को फाइदा सो पनि होला घरमै कार्यस्थल बनाउँदा ।

अस्ति एउटा भाईले भन्यो ( इटालीमा त नोभेम्वरमा नै थियो रे कोरोना ।’ नोभेम्बरमा नै एकहप्ता युरोपका ५ देश म्याराथन भ्रमण गरेर आएको मेरो घाँटी खसखस भए जस्तो भयो ती भाइको कुरा सुनेपछि । जर्मनीबाट आम्सटर्डम प्रवेश हुँदा रविन्द्र मानदाइले बाटोमा लहरै भएका घर देखाउँदै भन्नुभयो, ओपन विन्डो हुन्छ याहाँ ज्यादा तर । पारदर्शिता र खुलापनको आभाष दिनहोला धेरै घरमा पर्दा रहेनछ । ठुला ठुला अफिस घर पनि बाहिरबाट पारदर्शीरुपमा देखिने । त्यही खुलापनकोे असरले होला अहिले युरोपमा कोरोना संक्रमितको ग्राफ सगरमाथा चढेजस्तो बढिरहेको छ ।

आम्सटर्डममै बस्ने साथीले विवरण प्रदान गरे, आम्सटर्डम पुरानै आर्किटेक्चरमा विस्तारित छ । तर दोस्रो विश्वयुद्धमा पूर्णध्वस्त भएको रोटर ड्रम आधुनिक वास्तुकलाले पुनःनिर्मित भएको हो । सो भनाइ सम्झिँंदा अहिलेको मन्दी र आर्थिक संकटउन्मुख विश्व अर्थतन्त्रले चिन्तित मानसपटललाई केही ढाडस भयो ।

७० देखि ८५ मिलियनको ज्यान लिएको दोस्रो विश्वयुद्धबाट त शहरहरु पुननिर्मित हुने रहेछ, अझ मजबुत र आधुनिक भई, यो समय पनि कसो नटर्ला र ।

(मिति २०२० अप्रिल ११ मा क्लीकमाण्डु डट कममा प्रकाशित)

]]>
दोबाटोमा तिब्बत https://dineshthakali.com.np/%e0%a4%a6%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4/ Sat, 06 Apr 2019 04:46:57 +0000 http://localhost:81/PersonnalBlog/?p=102

त्रिभुवन विमानस्थलको प्रस्थानद्धारमा हग गर्दै दिदीले भनिन् आमा घुम्नु भयो अव बुवालाई पठा एक पटक यु.के. डुल्नलाई । घरमा बेलुकी सन्देश प्रवाह गरे बुवालाई । जादिन यु.के., बरु तिब्बत लगिदे एकपटक, अनौठो तर मलाई नि मन पर्ने माग आयो । त्यो मिस्टिकल म्याजिकल ल्हासा मेरो पनि चेकलिस्टमा प्लेसेस टु गो लिस्टमा थियो । दुई चार साथीभाईलाई सोधे कसरी जान सकिन्छ । केही पत्तो लागेन । सामाजिक संजालको प्रयोग गरे, फेसबुक पोस्टमा दिदी सोविताको रिप्लाई आयो हाम्रो रोयल माउन्टेन बिर्सेको ? तिब्बत पर्मिटको प्राप्ति पछि चिनको गु्रप भिसाको लागि आवेदन गरियो । एयर चाइनाको विमानद्धारा डेढ घण्टाको उडानद्धारा ३,५०० मिटरमा अवस्थित विश्वकै १३ औं अग्लो ल्हासाको गोङ्गर विमानस्थलमा उत्साहका साथ अवतरण गर्यौ । आकाशमा हिमाल नै हिमाल माथि उडिरहँदा बुवाले समय समयमा भिडियो बना त भन्दै आफ्नो चिनमै निर्मित हुवावे फोन दिनु हुन्थ्यो । विहान मर्निङ्ग वाकमा जाँदा चिया साथिलाई तथा घरमा भेट्न आउने नातेदारलाई देखाउने मेसो ।

तिब्बतको राजनैतिक संवेदनशिलता, हाम्रो मंगोलियन अनुहार त्यो माथि मुस्ताङ्गको मूल, केही समस्या हुने हो कि भन्ने त्रासदी मनमै थियो । अध्यागमनमा त्यो सत्य निक्लियो । अमेरिका, जापान, युके मा भ्रमणको भिसा भएको मेरो नेपाली पासपोर्ट देख्ना साथै छेउको कुना कोठामा लगि हाले । भिजिटिङ्ग कार्ड खल्टिमै राखेको थिए यही प्रयोजनलाई, दिए । अरु पद र पढाई नजरअन्दाज गरेर एल.एल.वि. देखेसी ओह लयर भनेर छाडि दिए । संसार भर जस्तै वकिलको इज्जत यहाँ काम गर्यो, नेपालमा वकिलसावहरुको यत्ति इज्जत होला त, मनमनै गमे ।

अध्यागमनकै एक महिला प्रहरीले नमस्ते तिब्बतमा स्वागत छ, एकछिन बस्नुस् तपाईको गाइड आएर लैजान्छ भनिन्, नेपालीमा नै फरर । भर्खर अध्यागमनमा केरकारमा परिएका बुवा झन्दै ढल्नु भएन चिनिया टोनमा नेपाली सुनेर । बुझ्दै जादा पछि थाहा भयो, तातोपानी नाकामा बसेका चिनिया तथा तिव्बतीहरु मज्जाले नेपाली बोल्दा रहेछन् ।
गाईड केल्साङ्गले खादा लगाइदिदै गर्दा बुवाले सोध्नु भयो, ढ्होक्पा र्हे? अर्थात् तिबेतन हो ? ति गाईड नि कस्सो फेन्ट भएनन्, तिबेतन भाषा सुनेर । पोखरा पृथ्विचोकमा क्याम्प रहेकोले गुम्वा जाने बुवालाई केही भाषा ज्ञान भएकोमा मलाई चाही बुवा तिबेतन बोल्दा डिपोर्ट हुने हो की भन्ने डरले पिरोल्न थाल्यो । अझ केल्साङ्गले ब्रिफिङ्ग गरे, राजनैतिक कुरा नगर्नु, गाइड बिना गुम्वा वा दरवार नजानु, जहाँ तही फोटो नखिच्नु, सरकारी चिन्ह भएको बिल्डिङ्ग वरिपरि नबस्नु तथा दलाई लामाको कुरा नगर्नु । मनको उत्साहमा चिसो खनाईए झै भयो ।

उचाँईमा अचानक आगमन भएकोले एक दिन एक्लिमेटाईजेशनलाई बस्नु पर्ने आइटनरी रहेछ । बेलुकी बाबु छोरा हामी बसेको याक होटलबाट पश्चिम तर्फको चोक निर टहलियौ । साच्चै, चिसो स्वच्छ हावा, मनमोहक दृश्य, कलात्मक कुदिएका भवनहरु, मन आनन्दित भयो । झट्ट फोन निकाले, खिच्न मिल्ने हो कि होइन अन्यौल परे, जे परे पर्छ भनेर हिड्दा हिड्दै बुवाको फोटो र आफ्नो सेल्फी लिए, मन मनै समातिने त्रासका साथ ।
तिब्बतको आफ्नै भाषा, कला, सभ्यता तथा राजनैतिक धार्मिक इतिहास छ । तिबेतन राजाहरु मध्ये सातौं राजा स्रोङ्गचन गम्पोको धेरै योगदान देखिन्छ । १४ औं दलाई लामाले सन् १९५९ मा देश छाड्दा सम्म बसेका पोटाला दरवार लगायत सो अगाडी तिबेतको प्रशासनिक कार्यको प्रयोग भएको ड्रेपुङ्ग दरवार, नोर्बुलिङ्कका दरवार र सेरा गुम्वामा समेत उनै राजाको मूर्ति निकै महत्वका साथ राखिएको छ । सातौं शताब्दी तिर त्यस ताका नेपालका राजकुमारी भृकुटीलाई बिवाह गरेका राजा स्रोङ्गचन गम्पोले ज्होखाङ्ग गुम्बा बनाएको पाईन्छ । सन् १९६० ताका सांस्कृतिक क्रान्तिको मौकामा धेरै गुम्बा, धार्मिक किताव तथा मुर्तीहरु तोडफोड भएकोमा सो को अवशेषको रुपमा केही जलेको कालो काठहरु अहिले पनि सो गुम्बाको प्रबेशमा देखिन्छ । मानव समबेदनाले होला भने नेपाली चेलीको दरबार भनेसी अर्कै लाग्यो, पोटाला दरबार भन्दा ज्होखाङ्ग दरबार मलाई बढि आस्थावान लाग्यो । अन्य सबै गुम्बा तथा दरवारहरु तिब्बत चिसो स्थान भएकोले दक्षिण फर्केकोमा सो गुम्बा नेपाली संस्कृती अनुसार पूर्व फर्केको छ । सो मा नेपालबाट नै लगिएको मूर्ती फुटाइएकोमा पुनरुत्थान गरेर हाल उत्तरमा रहेको रामोच्छे गुम्बामा राखिएको छ ।

पोटाला दरवारमा छिरे पछि एक घण्टामा बाहिर निक्ली सक्नु पर्ने रहेछ । कारण, तिब्बत अटोनोमस क्षेत्रमा मात्र सन् २०१८ मा मात्र ३ करोड पर्यटकले भ्रमण गरे जसबाट पर्यटन क्षेत्रको मात्र आम्दानी ७.२ अर्व अमेरिकी डलर रह्यो । २०१९ मा सो संख्या ४ करोड पुग्ने अनुमान गरिएको छ । पोटालाको भिडलाई व्यवस्थापन गर्न सो समय तोकिएको रहेछ । चौथौं दिनमा ब्रम्हपुत्र किनार हुदै याम्द्रुक छो तालको भ्रमणमा निक्लिदा तिब्बतको त्यो धार्मिक राज्यमा भौतिक प्रगतीका लागि चिनले गरेको लगानीको स्पष्ट झलक देखियो । हिमाल नै रहेको करिव ४,६०० मिटरको उचाईमा समेत हाम्रो राजमार्ग भन्दा राम्रो पिच बाटो बनेको छ । दाँया बाँया हिमाल अनि बिचमा बाटो हुँदै गुड्दा प्रकृती र बिकासको उत्कृष्ठ सम्मीश्रणको महशुस भयो । गोङ्गर एयरपोर्टबाट निक्लेर ल््हासा सम्मको ६२ कि.मि. को यात्रामा नै दर्जन बढि टनेल बनेको पाईयो जसले हाम्रो देश पहाडले गर्दा पछाडी परेको रहेनछ भन्ने भान बनायो । सिचुवान–तिब्बत हाइवेमा नै ७ कि.मि. सम्मको टनेल ६,१६८ मिटरको उचाँइमा बनेको छ ।

अरु पद र पढाई नजरअन्दाज गरेर एल.एल.वि. देखेसी ओह लयर भनेर छाडि दिए । संसार भर जस्तै वकिलको इज्जत यहाँ काम गर्यो, नेपालमा वकिलसावहरुको यत्ति इज्जत होला त, मनमनै गमे ।

पोटाला दरबारबाट पूर्व तर्फको चोकमा के एफ सी मा टन्नै चिनिया तथा तिब्बेतनहरु खाई रहेको भेटियो । अलि तल बर्गर किङ्ग, पुमा, जिप, एडिडास लगायतका बिदेशी सपहरु थिए । त्यही माथि पोटाला दरबारमा छैठौं सातौं शताब्दीमा बनेका बिशालकाय स्वर्ण जडित हजारौं मूर्तीहरु, स्र्वण अक्षरमा लेखिएका धार्मिक आलेखहरु, ठूला ठूला लामाहरुको अस्तुहरु, कलात्मक मण्डलाहरु तथा बडेमानका स्तुपाहरु थिए । पुरानो मात्र होइन आगामी दिनमा पुनरागमन हुने मैत्रेय बुद्धको समेत मूर्ती कल्पित गरि राखिएको छ ।
ज्होखाङ्ग गुम्बाको वरिपरि बर्खोर बजार रहेको छ जुन यहाँको असन बजार जस्तै तिबेतनहरुको पारम्पारिक बजार रहेको छ । छुर्पी, चिया, चौंरीको घ्यू, याकको मासु, पारम्पारिक परिधानहरु, पारा (तिबेतनहरुले खेल्ने सामाग्री), खादा, धुप तथा पूजाका सामाग्रीहरु, भाडा कुडा एवं जडीबुडीहरु बेच्न राखिएको सो बजारको चोकमा पुरानो चलन अनुसारको सम्थिङ्ग व्यापारीहरुको गहनाको मार्केट पनि रहेछ । सो मार्केटमा उभिएरै व्यापार हुने, किन्ने र बेच्ने नबोली लामो कपडाको बाहुला भित्र हात छिराई भित्रनै इशाराको माध्यममा मूल्य छिन्ने रहेछ । सो क्षेत्र रैथाने तिब्बती बौद्धहरुको बाहुल्यता पाए, अन्यमा चिनिया हान समुदायले व्यापार ओगटेको देखिन्छ ।

यसरी मूल्यांकन गर्दा तिब्बतले बाटो, शिक्षा, पर्यटन, प्रविधी, हाइड्रो लगायतमा राम्रो प्रगती गरी आर्थिक सबलता तथा स्थायित्व तिर लम्केको देखिन्छ भने पोटाला दरबार तथा रैथाने तिब्बेतनहरुले आफ्नो धार्मिक राजनैतिक स्वतन्त्रताका साथै गुमाएका आस्थाका केन्द्र धर्मगुरु दलाई लामालाई मिस गरे जस्तो लाग्यो । तिब्बतमा पाइला टेके देखिनै वि च्याट, टिकटक लगायत चिनले प्रबद्र्धन गरेका बाहेक अन्य विधुतिय सामाग्री मेरो फोनमा चलेको थिएन । काठमाण्डौं भित्रनै पनि जुनसुकै नयाँ ठाँउमा जानु पर्दा गुगल म्याप चलाउनु पर्ने तथा जे पनि गुगल सर्च गर्ने बानी भएकोमा भ्रमणनै कस्तो तरकारीमा नुन नभएको तथा उकुस मुकुस युक्त जस्तो लाग्यो ।

नेपाल फर्किनेको अघिल्लो रात एक्लै राति पोटाला दरबारलाई फेद फेदै कोर (परिक्रमा) लगाए । रातमा उज्यालो धपक्क बलेको दरबार घुम्दै मनमनै सोचें पश्चिमाहरुले भने जस्तो धर्म र स्वतन्त्रताको पथ तिर लम्कन्छ होला तिब्बत् । फेरि सोचे, तिब्बतीहरुले अहिले स्वास्थ्यको कारणले खान छाडेको बटर टि (नुन चिया) जस्तै धर्म भन्दा बिकास तर्फनै लम्कन्छन कि आफ्नो सन्ततीको प्रगतीका लागि । कस्तो दोबाटोमा छ तिब्बत् ।

(मिति २०१९ मे ८ मा क्लीकमाण्डु डट कममा प्रकाशित लेख)

]]>
मर्दीको उकालो चढ्दा बैंक दिनेश थकालीलाई फुरेका पाँच व्यवस्थापकीय शूत्रहरु । https://dineshthakali.com.np/best-practices-for-animated-progress-indicators/ Thu, 07 Feb 2019 04:51:29 +0000 http://localhost:81/PersonnalBlog/?p=105

गत साता प्रकृतिले सम्पूर्ण डाँडा सेताम्मे हुने गरि खुला दिलले दिएको पूर्ण हिमपातले जुम्ला र मुस्ताङ्गका स्याउ बारीलाई झै मेरो स्मृती पटलमा केही अघि म र मेरी जिवनसंगिनीले गरेको मर्दी भ्रमणको स्मरणले सिंचित गरिदियो । हामी आज जे छौ, त्यो हरेक अन्य मानिससँगको अन्तरक्रिया, विभिन्न आरोह अवरोहको अनुभवको संगालो, समय तथा वातावरणसँगको घर्षणले खारिएर बनेको भन्ने मेरो मान्यता हो । यस भ्रमणले पनि केही मात्रामा व्यवस्थापनका मिहिन तर महत्वपूर्ण सुत्रहरु पुनराबृत्ति गरि मनन गर्न सहयोग गरेको छ ।

लिनियर प्रक्षेपण भ्रामिक हुन सक्छ: एकाविहानै पोखराबाट ट्याक्सीमा फेदि हुदैं धम्पुस पुगियो । हेम्जामा फिर्के खोला दाहिने हुदैं फेदी सम्म लगभग समथरमा गुडेका हामी त्यसपछि धम्पुसको उकाली चढ्न मारुतीलाई हम्मे हम्मे भयो । धम्पुस देखि पैदल पोथना सम्म फेरी मत्थर उकालो लागेका हामी लो क्याम्पको ३०५० मिटरको उकालीमा पुग्दा पृथ्वीको गुरुत्वकार्षण भर्सेस पिडुलको शक्तिको राम्रै मापन भयो । व्यवस्थापनमा धेरै जसो कार्य प्रक्षेपणको आधारमा गरिन्छ । प्रक्षेपण सामान्यतया लिनियर गरिन्छ, अर्थात् निश्चित अनुपातमा बृद्धि वा कम हुने भन्ने अनुमान गरिन्छ । यदि पोखरा देखि पोथना सम्मको लगभग १५ डिग्रिको उचाईलाई प्रक्षेपण गर्ने हो भने तेस्रो दिन पुगिने बेस क्याम्प को ४५०० मिटरको उचाँइमा जम्मा लो क्याम्पको उचाईको अनुमानित लक्ष्य हुन्छ । यसले दुई दिनको अनुमान चुक (Projection Error) हुन जाने देखिन्छ । तर तात्पर्य प्रक्षेपणहरु काम नै लाग्दैनन् भन्ने होइन, सो मोटामोटी अन्दाजका लागि उपयुक्त हुन सक्छ र सम्पूर्ण जानकारी सहित गरिएको प्रक्षेपणमा चुकको सम्भावना कम हुन्छ ।

उकाली गाह्रो ओराली सजिलो हुन्छ: मेरो जन्मथलो नभए पनि सम्पूर्ण थकालीहरुको जस्तै पुखयौली मुस्ताङ्ग । अहिले जस्तो सहज बाटो नहुँदा घोडाको प्रयोग बेसी हुन्थ्यो । घोडाको उकाली चढ्ने क्षमता पनि मान्छेको जस्तै असंगती हुन्छ । मुल्य त्यसै अनुसार फरक पथ्र्यो । उकालीमा सुस्ताउने घोडालाई “ल्ह्न्च्या” अर्थात अल्छी भनिन्छ । उकालीमा सजिलो गरि बोक्नेलाई “ल्ह्म्बु” अर्थात लिडर वा नेता भनिन्छ । पोथना देखि माथि लाग्दा सबैको रफ्तारमा भिन्नता देखियो । जव उकाली आयो अनि बल्ल सबैको स्टामिना तथा कोलेस्ट्रोल लेभल विना रक्तपातको पक्का जाँच भयो । यसले सम्झनामा ल्यायो, समथरमा त सबै हिड्छन्, उकालीमा कुदेको पो पौरखी । ठ्याक्कै त्यही कुरा व्यवस्थापनमा लागू हुन्छ, रिसाइलेन्सनै पक्का लिडरको हुनु पर्ने मुख्य गुण हो । सहज अवस्थामा नेतृत्वको जाँच हुदैन, अप्ठ्यारो परिस्थितीमा संस्थालाई कसरी परिचालित गर्न सकिन्छ सो ले नै लिडरसिप प्रमाणित हुन्छ ।

नपहिल्याएको बाटो: उकाली चढ्दा विशेषत दुई वटा बाटा हुन्छन् । एउटा सहज तेर्सो बाटो हुन्छ, उकालो बिस्तारी जाने तर लामो । यो बाटो सजिलो पहिचान हुन्छ । अर्को बाटो त्यति पहिल्याउन सहज हुदैन तर बाटोसँग परिचित स्थानियहरुले प्रयोग गर्छन्, त्यो बाटोमा भिड हुदैन, चाडो चढ्न सकिन्छ तथा अलि असहज हुन्छ । सबैले हिडेको बाटोले जित्न सकिन्न, उकालीको जस्तै एकल बाटोमा अरुलाई उछिन्न सकिन्न । व्यवस्थापनमा “जिग ज्याग” सिद्धान्त भन्ने हुन्छ । अरु यो कुनामा हुँदा हामी सो भन्दा अगाडी अर्को कुनामा हुन सक्नु पर्छ । अरुले जे गर्यो त्यही गरेर विजयी हुन सकिन्न । नव बाटोहरु पहिल्याई सोमा हिड्न सक्नु नै सफल लिडरको अर्को आवश्यक गुण हो । मर्दीको उकालीमा सम्झेको अर्को सुत्र यो पनि हो ।

सन्घर्ष अनन्त यात्रा हो: पोथनामा चिया खान बस्दानै मेरी जिवनसाथी बिसाउने चौतारी खोज्न थालीसकेकी थिईन । त्यसपछिको लो क्याम्पसम्मको यात्राको उकाली हामी नहिड्नेलाई सगरमाथा चढे जस्तै भयो । एक हातमा रहेको लठ्ठी तथा अर्को छाती सम्म उठेको खुट्टाको साहारामा निरन्तर यात्रा गरियो । उकालो चढ्दा आँखाले देखुन्जेलको चोसो नै अन्तिम टुप्पो जस्तो लाग्ने तर त्यो आशा निमेश भरलाई हुने, अलि अघि पुगेसी फेरी थप उकाली देखिने । खुईय खुईय गर्दा गर्दै करिव चार बजे मा बल्ल लो क्याम्प पुगियो । मोवाईलको नेटवर्क आउने जाने थियो । बिहान लो क्याम्पबाट हिड्दा एक टाकुरो नेटवर्क देखियो । भाई राजु जसले केही अघि त्यही उकाली नापी सकेका थिए उनलाई फोन थिचे । लो क्याम्प पछि त सम्म सम्म छ सर, एकछिन एकछिन हो, धाडस दिए उनले । के को हुनु एकछिन सम्म आए जस्तो फेरी उकाली, मन मनै गाली गरे, मोरा । हाई क्याम्पमा पुगेसी यसो बिसाएर हेरे । माथि बेस क्याम्प तिर मान्छे हिडिरहेका थिए । त्यस भन्दा पनि माथि मर्दि हिमाल हासी रहेकी थिईन । अंग्रजीमा त्यसैले भनिन्छ, दिस इज नट दि एण्ड बट जस्ट ए टर्न । संघर्ष त्यस्तै नै हो । अनन्त अनि निरन्तर । भरखर क्यारियर गरेकाले बुझ्नु पर्छ, धैर्यता भन्दा अर्को ठूलो सुत्र छैन सफलताको ।

परिस्थितीजन्य समायोजन: व्यवस्थापनको अर्को महत्वपूर्ण कुरा हो जस्तो सुकै अवस्थामा घुलमिल हुन सक्नु । सम्भवत बिहान व्युझिंदा सबै भन्दा अगाडी स्वाभाविक रुपमा मोवाइलमा हात जान्छ मेरो, अटोमेटेड रुपमा । बेलुकी सुत्दासम्म पनि मोबाइललाई नै अन्तिम गुडनाईट गरिन्छ । तर यो यात्रामा सो मोबाइल राती लघुशंका जादा टर्च बाल्ने बाहेक काम भएन । आक्कल झुक्कल नेटवर्क आउदा बाहेक अन्य बेला फोन लागेन । सोलारले चार्ज भाको होटलको व्याटरी व्याकअप खाना खुवाउदा चैट भई सकेको थियो । अध्यारोमा छाम्दै खाट पहिल्याउनु बाहेकको बिकल्प थिएन । हाई क्याम्पमा रेष्टुरेन्टमा पोस्टर थियो, मोबाइल चार्ज गरेको २०० रुपैया मात्र । मानिस जस्तो अनुकुलन गर्न सक्ने जीव अन्य छैन । ए यस्तो भए बर्वादै हुन्छ भनी सोच्नु मिथ्या हो । समय र परिस्थितीसँग आवश्यकता सापेक्ष छ, निरपेक्ष छैन । जे चिज हामी अपरिहार्य भन्छौ त्यो नभए पनि फरक पर्दैन । त्यसैले जस्तो पर्छ त्यस्तै तर्छ भन्छन् । वातावरणसँग जती चाँडो घुलमिल हुन सक्यो, त्यती नै अस्तित्व बचाउन र आफ्नो कार्यमा रमाउन सकिन्छ ।
हाई क्याम्प पुगेर होटलमा भारी बिसाए पछि मलिलो लागेको घाममा एक क्यान वियर लिएर नजिकको ढिस्कोबाट ढुंगा फाल्दा लाग्ला जस्तो दुरिको हिमाललाई निहारे । दुई पलमै मिठो निन्द्रामा परेछु, बिना एसीको बातानुकुलित चिसो सिरेटोमै । हिड्ने यहीसम्म हो, काम फत्ते भयो भन्ने महशुस भएर हो वा त्यती धेरै हिडेर मेहनतको फल मिठो हुन्छ भन्ने उखान चरितार्थ भएर हो । काम नगर्ने खाली खोइरो खन्ने प्रबृत्तिकाले बुझ्नु पर्ने अन्तिम चुरो कुरो ।

 

(क्लीकमाण्डु डट कम मा मिति २०१९ फेब्रुवरी ७ मा प्रकाशित)

]]>